
काबुल, तालिबानी विद्रोही समुहले अफगानिस्तान कब्जा गरेपछि पहिलो पटक त्यहाँका स्थानीय विरोध प्रदर्शनमा उत्रेका छन् । अफगानिस्तानको झण्डा लिएर सर्वसाधारण सडकमा तलिबानको विरोधमा उत्रेको गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार काबुल बाहिरको दोस्रो सबैभन्दा ठूलो शहर जलालाबाद अतिरिक्तको क्षेत्रमा भने हिंसात्मक घटना दर्ता गरिएको छैन । जलालाबादमा प्रदर्शनमा उत्रिएकामाथि तालिबानले गोली प्रहार गरेपछि तीन जनाको मृत्यु भएको छ ।
सर्वसाधारणले अफगानिस्तानको झण्डा हटाएर तालिबानले आफ्नो झण्डा लगाएपछि विरोध गरेका हुन् । नियन्त्रणमा आएपछि तालिबानले अफगानिस्तानको झण्डा हटाएको हो । अफगानिस्तानको झण्डा हाल भने प्रयोगमा ल्याइएको छैन ।
यसैगरी अफगानिस्तानको पूर्बी प्रान्त नानगह्र, कुनार र खोस्तका सर्वसाधारण बुधबार विरोध र्यालीको आयोजना गरेका छन् । एजेन्सी






