
हैटी, हैटीमा ७ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको छ । भुकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ भने १८ सयभन्दा बढी व्यक्ति घाइते छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार शनिबार बिहान गएको भूकम्पले मुलुकका पश्चिमी क्षेत्रमा बढी क्षति पुर्याएको थियो । त्यहाँका भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् ।
यसैगरी अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु छ ।एजेन्सी






