
नयाँदिल्ली, भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ६६७ सङ्क्रमितको पुष्टि भएको छ । सोही अवधिमा २२ लाख २९ हजार ७९८ नमूना परीक्षण गरिएको छ ।
योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड २१ लाख ५६ हजार ४९३ पुगेको छ । कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै हाल तीन लाख ८७ हजार ६७३ जना सक्रिय सङ्क्रमित रहेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तीन करोड १३ लाख ३८ हजार ८८ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् । गएको २४ घण्टामा ३५ हजार ७४३ जना सङ्क्रमित निको भएका छन् ।
गएको चौबीस घण्टामा ६३ लाख ८० हजार ९३७ डोज खोप लगाइएको छ । हालसम्म ५३ करोड ६१ लाख ८९ हजार ९०३ डोज खोप लगाइएको छ ।एजेन्सी






