
बेइजिङ, चीनको हुबे प्रान्तमा आएको बाढीको प्रकोपमा परेर कम्तिमा २१ जनाको मृत्यु भएको छ । चार जना अझै बेपत्ता रहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मध्य चीनको हुबे प्रान्तको सुई काउन्टीमा बाढीले मानवीयसँगै भौतिक क्षति भएको हो ।
प्रारम्भिक छानबिन बमोजिम सुइ काउन्टीको लिउलिन शहर क्षेत्रमा बाढी जाँदा आठ हजार जना प्रभावित भएको र २१ जनाको मृत्यु भएको हो ।
यसैगरी लिउलिनमा बिहान नौ बजेसम्म ५३० मिलिमिटर वर्षा भएको जनाइएको छ । बाढीले भएको क्षति सम्बन्धमा अझै अनुमान गरिएको छैन ।
यस्तै कम्तीमा २२१ भवन पूर्ण रुपमा ध्वस्त भएका छन् भने ११ किलोमिटर बाटो सखाप भएको छ । केही गाउँमा विद्युत् आपूर्ति कटौती गरिएको छ ।एजेन्सी






