
टर्की, उत्तरी टर्कीमा बाढीको प्रकोपबाट कम्तिमा २७ जनाको मृत्यु भएको छ । ‘ब्ल्याक सी’ तटमा आएको बाढीमा कास्तामोनु प्रान्तमा २५ जनाको र साइनप तटमा दुई जनाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बाढीले गर्दा केही भवन ढलेको छ भने थुप्रै पुल बगाएको छ । विद्युत आपूर्ति ठप्प भएको तथा सबारी साधन बगाएको छ ।
उद्धारकर्ता एवम् सुरक्षाकर्मीले हेलिकप्टरबाट बाढी प्रभाबित क्षेत्रबाट सर्वसाधारणलाई उद्धार गरी सुरक्षित स्थानमा लगेका छन् । करिब एक हजार सात जना ब्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । करिब ३३० गाउँमा विद्युत आपूर्ति ठप्प भएको छ ।एजेन्सी






