
काबुल, तालिबानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार आफ्नो नियन्त्रणमा लिएको छ । कुनै बेला तालिबानको गढ रहेका कान्धार पछिल्ला वर्षहरुमा उसको नियन्त्रणबाट अफगान सरकारले फर्काउन सफल भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार विद्रोही समूह तालिबानले कान्धार नजिकको अर्को शहर लश्कर गाहसमेत आफ्नो नियन्त्रणमा लिएको छ । हालसम्म तालिबानले अफगानिस्तानको करिब एक तिहाइ प्रान्तीय राजधानी आफ्नो कब्जामा लिएको छ ।
तालिबानले कब्जामा लिएपछि लाखौं सर्वसाधारण विस्थापित भएका छन् । हजारौं जना काबुलतर्फ प्रस्थान गरेका छन् । सुरक्षा खोज्दै काबुल पुगेका उनीहरु बाटोमा सुत्न बाध्य भएका छन् ।एजेन्सी






