
काठमाडौं, साउन २७ गते । अमेरिकी राष्ट्रपति जोइ बाइडेनले अफगान नेताले राष्ट्रका लागि आफैं लड्नुपर्ने बताउनुभएको छ ।
तालिबानले अफगानिस्तानको भूभागमाथिको नियन्त्रण बिस्तार गरिरहँदा अमेरिकी राष्ट्रपतिको उक्त धारणा आएको हो । “अफगान नेताहरु एकत्रित हुनुपर्छ, अफगान सुरक्षाकर्मीको संख्या तालिबानभन्दा बढी छ र लड्ने चाहना लिएर बढ्नुपर्छ ।”–व्हाइट हाउसमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले बताउए।
“उनीहरुलाई आफ्नो र देशका लागि लड्नुपर्नेछ ।” बताउनुहुँदै राष्ट्रपति अफगानिस्तानबाट अमेरिकी सेनाको फित्र्तीमा कुनै पश्चताप नरहेको थप्नुभयो ।
उनले अफगानिस्तानलाई अमेरिकाले खाद्य, हवाई समर्थन, उपकरण तथा सुरक्षाकर्मीका लागि तलब सहयोगको निरन्तरता दिने बताए । कुराकानीको क्रममा बाइडेनले वाशिंगटनले गएको २० वर्षमा एक खर्ब डलर खर्चिनुका साथै हजारौं सेना गुमाएको बताए ।






