
ग्रीस, गत एक हप्ताबाट लागेको डढेलोका कारण ग्रीसको इभिया टापुमा हजारौं मानिस विस्थापित भएका छन् । ढडेलो लागेको छैटौं दिन पनि आगो नियन्त्रणबाहिर रहेपछि इभिया टापुका विभिन्न गाउँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार इभियामा हजारौं हेक्टर क्षेत्रफलमा फैलिएको वन डढेलोले सखाप पारेको छ । पाँच वटा गाउँका घरहरुमा डढेलोले क्षति पुर्याएको बताइए पनि क्षतिको पूरा विवरण आएको छैन ।
यसैगरी इभियाका विभिन्न ठाउँमा अहिले पनि घर जलिरहेका छन् । अग्निनियन्त्रकहरु निरन्तर डढेलो निभाउनका लागि खटिरहे पनि सफल भएका छैनन् । इभियामा ५७० भन्दा बढी अग्निनियन्त्रक खटिरहेका छन् ।एजेन्सी






