
काठमाडौं, संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा निन्दा गरेको छ ।
शुक्रबार उक्त परिषदले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा भएको सो हमला एक प्रकारको कायर र क्रुर आतङ्कवादी हमला भएको बताएको छ ।
पाकिस्तानी उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा उक्त आतङ्ककारी हमला भएको थियो । सोही आक्रमणमा परेर नौ जना चिनियाँ नागरिक र तीन जना पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।
गत जुलाई १४ मा भएको सो आतङ्ककारी हमला मानवता विरुद्धको अपराध भएको भन्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले त्यस हिंसात्मक हमलामा संलग्न भएका जो सुकैलाई भएपनि कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।
यसैगरी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदद्वारा जारी भएको विज्ञप्तिमा दोषीलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्ने मागगर्दै यस्ता हिंसात्मक कार्यले कसैको पनि माग पूरा नहुने बताइएको छ ।एजेन्सी






