September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

अफगानिस्तानका प्रख्यात कविको तालिबानद्वारा हत्या

काठमाडौं, साउन २१ गते । अफगानिस्तानको चर्चित कवि र इतिहासविद् अब्दुल्लाह अतिफिलाई तालिबानले हत्या गरेको छ । अफगानिस्तानको उरुगन प्रान्त कोरा जिल्लास्थित निबास बाहिर उहाँको हत्या गरिएको बताइएको छ ।
टोलो न्यूजले गर्भनर मोहम्मद ओमार शिरजादलाई उद्धृत गर्दै घर बाहिर उहाँको हत्या गरिएको उल्लेख गरेको छ ।

तालिबानले भने उक्त घटनाबारे अझै कुनै प्रतिक्रिया जनाएको छैन् । गत् साता तालिबानले कानधार प्रान्तमा एक जना चर्चित हाँस्य कलाकारको समेत हत्या गरेको थियो । खासा जबानले उपनामले चर्चित हास्य कलाकार नजर मोहम्मदको हत्या भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको