
टोकियो, जापानको हसाकीमा मंगलबार ५.१ म्याग्निच्युडको भुकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हासाकीको ११२ किलोमिटर उत्तर पूर्बमा करिब आज तीन बजे भूकम्प गएको हो ।
अमेरिकी जियोलोजिकल सर्भेले भूकम्पको केन्द्र जमीनको सतहबाट १० किलोमिटर भित्र मापन गरिएको जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे हाल बिस्तृत विवरण आएको छैन् ।






