September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

‘कु’ गरि सत्ता हत्याएका म्यानमारका सेना प्रमुख मिन आङले आफैलाई प्रधानमन्त्री घोषित गरे

‘कु’ मार्फत देशको सत्ता हत्याएका म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले आफूलाई प्रधानमन्त्री घोषित गरेका छन् । यसै वर्षको फेब्रुअरीमा राष्ट्रपति विन मिन्ट, नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सुकीलगायतलाई गिरफ्तार गर्दै सत्ता हातमा लिँइ म्यानमार सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको थियो ।

Do You Know Of Myanmar'S Leader Aung San Suu Kyi? | म्यानमारच्या नेत्या आंग  सान सू ची यांच्याबद्दल तुम्हाला माहिती आहे का ? | Lokmat.Com

सेना प्रमुख ह्लाइङले म्यानमारमा २ वर्ष संकटकाल थप्ने संकेत पनि गरेका छन् । सन् २०२३ को अगस्टसम्म संकटकाल थप्ने म्यानमार सेनाको योजना रहेको बुझिएको छ । आइतबार सरकारी टेलिभिजनमार्फत करिब एक घण्टा सम्बोधन गरेका सेना प्रमुख ह्लाइङलले ‘स्वतन्त्र तथा निष्पक्ष बहुदलीय चुनाव’ गराउने ‘वाचा’ पनि गरेका छन् । उनले जनताबाट चुनिएर आएका एनएलडीका नेताहरूलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन् । साथै एनएलडी समर्थकलाई उनले ‘उग्रवादी’ बताएका छन् ।

Myanmar Coup: Why did military coup in Myanmar: म्यांमार में सेना ने क्यों  किया तख्तापलट - Navbharat Times

गत फेब्रुअरी १ गिरफ्तार गरिएकी नेतृ सुकीमाथि सेनाले विभिन्न मुद्दा चलाएको छ । फाइल तस्बिर : रोयटर्स सेनाको कुविरुद्ध भएको प्रदर्शनमा सयौं प्रदर्शनकारीको मृत्यु पनि भएको थियो । विश्वभरबाट म्यानमारमा प्रजातन्त्र बहालीका लागि आग्रह गरिए पनि सेनाले मानेको छैन ।

Alliances key to Suu Kyi's presidential push - New Mandala

पछिल्लो समय म्यानमा कोरोना संक्रमण पनि बढिरहेको छ । सेना प्रमुख ह्लाइङले विरोधीहरूले ‘जानीजानी कोरोना फैलाएको’ आरोपसमेत लगाएका छन्। कान्तिपुर

शीर्ष समाचार

धेरै पढिएको