September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

पाकिस्तानबाट दश हजार आतङ्कवादी अफगानिस्तान प्रवेश

अफगान सरकारका एक जना प्रवक्ताले कम्तीमा दश हजार आतङ्कवादी पाकिस्तानबाट अफगानिस्तान प्रवेश गरेको दाबी गर्नुभएको छ ।

राष्ट्रपति असरफ घानीका एक जना प्रवक्ताले एक भिडियो सन्देशमा उक्त दाबी गर्नुभएको हो । समाचार संस्था एएनआइका अनुसार जारी गरिएको भिडियो सन्देशमा कम्तीमा दश हजारले अफगानिस्तान प्रवेश गरेको र १५ हजार अझै प्रबेशको तयारीमा रहेको बताइएको छ । अफगानिस्तान टाइम्सको समाचारमा सरकारी अधिकारीलाई उद्धृत गर्दै तालिबानलाई सघाउन पाकिस्तानबाट आतङ्कवादी अफगानिस्तान आएको उल्लेख गरिएको छ ।

यसअघि, अफगानिस्तानका राष्ट्रपति घानीले समेत यसै महिना कम्तीमा दश हजार विदेशी आतङ्कवादी अफगानिस्तान आएको दाबी गर्नुभएको थियो । अफगानिस्तानको गुप्तचर निकायका पूर्व प्रमुख रहमतुल्लाह नबिलले समेत पाकिस्तानबाट दैनिक एक हजारको सङ्ख्यामा आतङ्कवादी प्रवेश गरिरहेको दाबी गर्नुभएको छ ।file photo

शीर्ष समाचार

धेरै पढिएको