
काबुल, अफगानिस्तानमा गत एक सातामा देशव्यापी रुपमा चलाइएको सैन्य अभियानमा कम्तीमा एक हजार पाँच सय तालिवान विद्रोही मारिएको छ ।
त्यहाँको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ)का अनुसार उक्त कारबाहीमा ८ सय भन्दा बढी विद्रोही घाइते भएका छन् ।
एएनएसएफका प्रवक्ता सैनिक जनरल अजमल ओमार शिन्वाराईका अनुसार २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका क्रममा एक हजार ५२८ लडाकु मारिएका हुन् ।
सोही क्रममा १६ लडाकुलाई नियन्त्रणमा लिइएको छ भने सेनाले गतहप्ताभरी स्थल, हवाई र तोपको सहयोगमा सैनिक कारबाही चलाएको थियो । विद्रोहीले यस अवधिमा १४ सर्बसाधारणको हत्या गरेको र ३० लाई घाइते पारेको बताइएको छ । एजेन्सी






