April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परि ८९ तालिवानको मृत्यु, ८२ जना घाइते

काबुल, अफगानिस्तानमा भएका विभिन्नि घटनाहरुमा परी कम्तीमा ८९ तालिवान लडाकू मारिएका छन् ।सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी सुरक्षाकर्मीहरुको कारबाहीमा अन्य ८२ लडाकु घाइते भएका हुन् ।

आइतबार बिहानबाट सोमबार बिहानसम्मको अवधिमा यी घटनाहरु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

सुरक्षाकर्मीहरुले देशको कुनार, कान्दाहार, हेरात, फराह, फर्याब, सामान्गन, हेल्मान्ड, निम्रोज, ताखार, कुन्दुज र कापिसा प्रान्तमा सुरक्षा कारबाही गरेका थिए ।

अफगानिस्तानकै घाज्नी प्रान्तअन्तर्गत पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा भने कम्तीमा ४३ आमनागरिक र सुरक्षाकर्मीहरुको मृत्यु भएको छ ।लडाकूहरुको आक्रमणमा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको