
वासिङ्टन, हाल विश्वभर १९ करोड ४४ लाख कोरोना संक्रमित रहेको छ भने सबैभन्दा बढी अमेरिकामा संक्रमित रहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा ३ करोड ५१ लाख ८४ हजार ६७१ कोरोना संक्रमित छन् भने ६ लाख २६ हजार ७१३ जना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै, कुल संक्रमित मध्ये २ करोड ९५ लाख ७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ५० हजार ८३५ जना संक्रमितको उपचार भैरहेको छ भने हाल ७ हजार ७७१ जना कोरोना संक्रमितको गम्भिर अवस्थामा उपचाररत छन् ।
अहिले विश्वभर हाल ८३ हजार ८८५ जना कोरोना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको छ । वल्डोमिटरको अनुसार अहिलेसम्म १९ करोड ४४ लाख २५ हजार ४८१ ज्ना संक्रमित भएका छन् ।
संक्रमित मध्ये १७ करोड ६४ लाख ८९ हजार २७३ जना संक्रमित निको भइसकेका छन् । त्यस्तै, बिश्वभर ४१ लाख ६८ हजार ७१४ जना संक्रमितको मृत्यु भईसकेको छ । एजेन्सी






