September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

अफगान शरणार्थीलाई अमेरिकाले दश करोड डलर दिने

अमेरिकी राष्ट्रपति जोइ बाइडेनले आपातकालीन कोषबाट अफगान शरणार्थीका लागि दश करोड अमेरिकी डलर सहयोगको स्वीकृति दिनुभएको छ ।

व्हाइट हाउसका अनुसार अमेरिकाले घोषणा गरेको उक्त सहयोग रकम अफगान शरणार्थीको रेखदेखमा खर्च गरिनेछ ।
अमेरिकाले तालिबानको जोखिममा रहेका अफगानलाई अमेरिका लग्ने तयारी गर्दैछ ।

जस अनुसार ‘विशेष अध्यागमन भिसा’को ब्यवस्था गरिएको छ । अफगानिस्तानबाट पहिलो लटका जोखिम अफगान नागरिक जुलाई महिनाकै अन्त्यसम्म अमेरिका लगिनेछ ।

उनीहरुलाई अमेरिकाको भर्जिनियास्थित फोर्ट ली सैन्य शिविरमा राखिने अलजजिराले उल्लेख गरेको छ ।
यसअघि, शुक्रबार मात्रै व्हाइट हाउसले तालिबानले लक्षित गरेका आठ हजार अफगानलाई अमेरिका ल्याउन सकिने गरी ‘विशेष अध्यागमन भिसा’ जारी गर्ने निर्णय गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको