
अबुजा – बन्दुकधारीको एक समूह (ग्याङ) ले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् । राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् ।
उनीहरू कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले बताउए । प्रहरी प्रमुख आयुबाले बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएका छन् । आक्रमण गर्नुको खास कारण अझै थाहा हुन सकेको छैन । खाेरगापत्रबाट
हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ । प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मीहरू उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारीहरू फरार भएको जनाए । उनले घटनाको अनुसन्धानसहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिएका छन् ।





