September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

यूरोपले सन् २०२१ को अन्त्यसम्म २० करोड खोप अनुदान दिने

काठमाडौं, यूरोपेली संघले सन् २०२१ को अन्त्यसम्म कोभिड १९ बिरुद्धको २० करोड खोप अनुदान गर्ने घोषणा गरेको छ ।

यस वर्षको अन्त्य हुनुअघि औसत र निम्न आय भएका राष्ट्रले यूरोपेली संघको उक्त खोप अनुदानमा पाउनेछन् । २७ राष्ट्र सम्मिलित यूरोपेली संघले जी सात सम्मेलनको क्रममा १० करोड खोप अनुदान दिने बताएपछि हाल आएर अनुदानमा खोप दिने संख्या दोब्बर पारेको उल्लेख गरेको हो ।

यूरोपेली संघले अनुदान दिने खोप संयुक्त राष्ट्र संघको ‘कोभ्याक्स’ कार्यक्रममार्फत् सम्बन्धित राष्ट्रले पाउनेछन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको