April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

दक्षिण कोरियामा थपिए हालसम्मकै उच्च कोरोना सङ्क्रमित

सउल, दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च कोरोमा सङ्क्रमित थपिएको छ । गत २४ घण्टामा दक्षिण कोरियामा एक हजार ७८४ सङ्क्रमित पुष्टि भएको हो ।

योसँगै दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या एक लाख ८२ हजार २६५ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियामा हालसम्म दुई हजार ६० जना सङ्क्रमितको मृत्यु भएको छ ।

गएको दुई साता यता दक्षिण कोरियामा दैनिक एक हजारभन्दा बढी सङ्क्रति थपिएका छन् । उक्त सङ्क्रमितमध्ये अधिकांश कोभिड १९ को डेल्टा स्वरुपका छन् ।

शीर्ष समाचार

धेरै पढिएको