August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

इराकमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु, ६० जना घाइते

बगदाद, इराकको राजधानी बगदादमा सोमबार गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बगदादको बजार क्षेत्रमा भएको उक्त बम विस्फोटमा ६० जनाभन्दा बढी घाइते भएको हो । इदको पूर्वसन्ध्यामा किनमेलका लागि बजारमा भीडभाड लागेका बेला बम विस्फोट गराइएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इस्लामिक स्टेट(आईएस) ले विस्फोटको जिम्मा लिएको छ । नासीर न्युज एजेन्सीलाई टेलिग्राममार्फत आफूले विस्फोट गराएको आईएसले जानकारी दिएको हो ।

बजारमा भीड भएकाले बेला आफ्ना एकजना लडाकुले आत्मघाती विस्फोट गराएको पनि आईएसको दाबी छ । गम्भीर घाइतेहरूको संख्या धेरै भएकाले मृतकको संख्या बढ्न सक्ने अस्पतालले जनाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको