December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

अफगानिस्तान सुरक्षा कारबाही: ९५० तालिबानी मारिए, ५०० जना घाइते

काबुल, अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् भने अन्य पाँच सय भन्दा बढी घाइते छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त विवरण पछिल्लो चार दिनमा भएको बताइएको छ ।सुरक्षाकर्मीहरु र तालिबान लडाकूहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको छ ।

लडाकू समुहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरुले बताएका छन् । कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकूहरुको नियन्त्रणमा रहेको छ ।

तीमध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिइएको छ । तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकूहरुले फेरि कब्जा गरेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको