December 6, 2021, Monday
२०७८ मंसिर २१, मंगलवार

केन्यामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर बिस्फोट, १३ जनाको मृत्यु

पश्चिमी केन्यामा एउटा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर अर्को सवारी साधनसँग ठोक्किएर विष्फोट हुँदा १३ जनाको मृत्यु भएको छ ।राजमार्गमा गुडिरहेको सो ट्यांकर विपरित दिशाबाट आएको अर्को सवारी साधनसँग ठोक्किदा दुर्घटनाग्रस्त भएको हो ।

पेट्रोल अति प्रजोलनशील पदार्थ भएकाले दुर्घटनापछि ठूलो विष्फोट सहित आगलागी भएको थियो । घटनामा परी घाइते भएका २४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।घाइते हुनेमा बालबालिका समेत रहेको समाचार छ । विष्फोटपछि धेरै जलेकाले घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ। ntv

शीर्ष समाचार

धेरै पढिएको