August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

पश्चिम युरोपमा बाढीको विध्वंस: १५० भन्दा बढीको मृत्यु

काठमाडौं, पश्चिम युरोपमा अविरल वर्षाका कारण आएको भीषण बाढीमा हालसम्म १५० भन्दा बढीको मृत्यु भएको छ भने उद्धारकर्मीलाई बेपत्ता मानिसहरु खोज्न चुनौती छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार रेकर्डस्तरको वर्षापछि जर्मनी र बेल्जियममा आएको भीषण बाढीमा सयौं हराइरहेका छन् । यसैगरी स्विटजरल्याउड, लग्जमबर्ग र नेदरल्याण्डमा पनि भारी वर्षा भएको छ ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले देशको दक्षिणी प्रान्तमा आपतकालसमेत घोषणा गरेका छन् । युरोपेली नेताले यो त्रासदीका लागि जलवायु परिवर्तनलाई जिम्मेवार बताएका छन् ।

विशेषज्ञका अनुसार जलवायु परिवर्तनका कारण मूसलधारे वर्षाको सम्भावना बढ्दै गइरहेको छ भने औद्योगिक युगको सुरुवातपछि संसारभरीको तापक्रम हालसम्म १.२ डिग्री सेल्सियस बढेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको