October 15, 2021, Friday
२०७८ आश्विन ३०, शनिबार

चीन र अफगानिस्तानका राष्ट्रपतिबीच फोन वार्ता

काठमाडौं, साउन १ _चिनियाँ राष्ट्रपति सी चिनफिङ्गले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग फोन वार्ता गर्नुभएको छ । दुबै जनाबीच शुक्रबार बिहान फोन वार्ता भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चिनियाँ सञ्चारमाध्यम सिन्हवाले राष्ट्रपति चिनफिङ्गले अफगान राष्ट्रपतिसँग फोन वार्ता गर्नुभएको जनाएको छ । यद्दपी फोन वार्ताको बिस्तृत बिवरण भने अझै आइनसकेको उल्लेख गर्नुभएको छ ।

अफगानिस्तानबाट अमेरिकी सेनाको बर्हिगमनपछि तालिबान बिद्रोहीले आक्रमण तीब्र गरेको छ । अफगानिस्तानको आन्तरिक द्वन्दको प्रभाब छिमेकीसहित एशियाली राष्ट्रमा समेत पर्ने भन्दै चीनले चिन्ता जनाउँदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको