August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

चिनियाँ विश्वविद्यालयका पूर्व उपाध्यक्ष घुस लिएको आरोपमा पक्राउ

बेइजिङ, लाओनिंग प्रान्तको पिपल्स प्रोक्यूरेटरेट्ले चीनको राजनैतिशास्त्र तथा कानून विश्वविद्यालयका पूर्व उपाध्यक्ष यू झिगाङलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानपछि यूको मुद्दा समीक्षा र अभियोजनका लागि अपराध अनुसन्धान अधिकारीलाई हस्तान्तरण गरिएको ‘सुप्रिम पिपल्स प्रोक्चरेटोरले बिहीबार एक विज्ञप्तिमा बताएका छन् ।
सो मुद्दामाथि थप अनुसन्धान भने जारी रहेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको