August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता हुदै

काठमाडौं, असार ३० गते । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले आज आफ्ना चिनियाँ समकक्षी वाङ्ग यीसँग भेटवार्ता गर्नुहुने बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सांघाई कर्पोरेशन(एससीओ)को विदेश मन्त्रीहरुको बैठकपछि एशियाका दुई शक्तिशाली राष्ट्रका विदेशमन्त्रीबीच द्वीपक्षीय भेटवार्ता हुनेछ ।

एससीओमा सहभागी राष्ट्रका विदेशमन्त्री स्तरीय छलफल आज ताजिकिस्तानमा हुँदैछ ।गत वर्ष मई महिनामा भारत र चीनबीचको सीमाक्षेत्रमा दुई देशका सेनाबीच भएको झडपपछि दुबै देशका विदेश मन्त्रीबीच दोस्रो पटक भेटघाट हुन लागेको हो ।

यसअघि रुसको मस्कोमा गत सेप्टेम्बर महिनामा चिनियाँ विदेशमन्त्री वाङ्ग यी र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता भएको थियो ।द्विपक्षीय भेटघाटको विषयवस्तु भने अझै स्पष्ट भइसकेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको