December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

३० जुलाईसम्म लम्बियो सिड्नीमा लकडाउन

सिड्नी, अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउनको समयावधि फेरि लम्ब्याइएको छ । सरकारी अधिकारीहरुका अनुसार बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो ।

नयाँ थपिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुनेभएको छ । गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयलद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ, “हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समिक्षा गरेका छौँ, सङ्क्रमण अझै पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो ।” एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको