August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

चीनमा होटल भवन भत्किदा आठको मृत्यु, ९ जना बेपत्ता

बेइजिङ, चीनको ज्याङ्ग्सु प्रान्तमा एक होटल भवन भत्किदा कम्तिमा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य नौ जना हराइरहेका छन् ।

चीनको ज्याङ्ग्सु प्रान्तको सुझौ शहरस्थित एक होटेल भवन भत्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । सोमबार अपरान्ह साढे तीन बजेतिर उक्त दुर्घटना भएको बताइएको छ ।

भग्नावशेषमा २३ जना फसेकोमा केहीलाई उद्धार गरिएको छ भने भवन भत्किनुको कारणबारे छानबीन भइरहेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको