July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

हाइटीका राष्ट्रपति हत्याको मुख्य आरोपी सानोन पक्राउ

हाइटी, हाइटीको प्रहरीले राष्ट्रपति जोनेभेल मोइसेको हत्याका प्रमुख आरोपी रहेको आशंकामा एक डाक्टरलाई पक्राउ गरेको छ । हाइटीको प्रहरीका अनुसार हाइटीका नागरिक ६३ वर्षीय क्रिस्टियान सानोन पक्राउ परेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोइसेको हत्यामा २८ जना विदेशी ‘आतंकवादी’ संलग्न थिए । उक्त आक्रमणमा उनकी पत्नी मार्टिन पनि घाइते भएकी थिइन् । हाल अमेरिकामा उनको उपचार भइरहेको छ ।

मार्टिनले आक्रमणपछि एक शब्द पनि बोल्न नपाउँदै राष्ट्रपतिको हत्या भएको बताएकी छिन् । हाइटीको प्रहरी प्रमुख लिओन चाल्र्सले सुरुमा राष्ट्रपति मोइसेलाई पक्राउ गर्ने उनीहरुको योजना रहेको तर पछि योजना परिवर्तन भएको बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको