एमाले एकताको काम टुंगोमा, भोलि बिहान ८ बजे सुखद् समाचार सुन्नुहुन्छ: नेम्बाङ

काठमाडौं, एमालेभित्रको विवाद समाधान गर्न गठित एमाले एकता कार्यदलको बैठकले एकताको काम टुंग्याएको छ । कार्यदलका सदस्य सुवास नेङम्वाङले एकताको काम टुंगिएको बताएका हुन् ।
आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले सबै प्रक्रिया टुंग्याएको बताउँदै उनले आइतबार बिहान ८ बजे सुखद् समाचार सुनाउने दाबीसमेत गरेका छन् ।
उनले भने, ‘हामीले मेहनतका साथ तपाईंहरुको शुभकामले काम टुंग्यायौँ’ । भोलि बिहान ८ बजे सुखद् समाचार सुन्नुहुन्छ ।’
यस्तै उनले झण्डै तीन वर्षदेखिको पार्टी विवाद समाधानमा ढिलो नभएकोसमेत दाबी गरेका छन् । उनले ठूलो विवाद समाधानका लागि केही दिनको छलफलले टुंग्याएको बताए ।
प्रतिकृया दिनुहोस्