September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

राष्ट्रपतिको हत्यापछि हाइटीद्वारा अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैन्य सहयोग माग

राष्ट्रपति जोभिनल मोइसको हत्यामा संलग्न व्यक्तिहरु

हाइटी, हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक सहायताका लागि अनुरोध गरेको छ । राष्ट्रपति जोभिनल मोइसको आफ्नै निवासमा हत्या भएपछि देशका प्रमुख पूर्वाधारहरुको रक्षाका लागि हाइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघसँग आफ्नो देशमा सैनिक पठाउन आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले भने तत्कालका लागि सैनिक सहयोग गर्ने योजना नरहेको बताएको छ । यसअघि हाइटीको प्रहरीले राष्ट्रपति मोइसको हत्यामा २८ जना विदेशी आपराधिक व्यक्तिहरुको समूह संलग्न रहेको बताएको थियो ।

राजधानी पोर्ट–ओ–प्रिन्समा भएको भिडन्तपछि १७ जना पक्राउ परेका छन् भने समूहमा रहेका केही व्यक्तिहरु कोलम्बियाको सैनिक बलबाट अवकास प्राप्तहरु रहेको हाइटीले बताएको छ ।

अन्य भने ताइवानको कूटनीतिक घेराबाट हाइटी प्रवेश गरेको जनाइएको छ । प्रहरीको गोली लागेर तीन अभियुक्त मारिएका छन् । अरु ८ जना भने अझै फरार रहेका छन् ।

सैन्य सहयोग तत्काल उपलब्ध गराउने योजना नरहेको बताएको अमेरिकाले अनुसन्धानका लागि संघीय अनुसन्धान ब्यूरो (एफबिआई) तथा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीहरु भने पठाउने उल्लेख गरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको