September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

हाइटीको राष्ट्रपतिमा जोसेफ लाम्बर्ट

हाइटी, हाइटीको सिनेटले जोसेफ लाम्बर्टलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको छ । गत् बुधबार हाइटीका राष्ट्रपति जोभेनेल मोइजको पोर्ट औ प्रिन्सस्थित आफ्नै निबासमा गोलि हानेर हत्या भएपछि राष्ट्रपति पद रिक्त थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लाम्बर्टलाई राष्ट्रपति नियुक्तीको सङ्कल्प प्रस्ताव सिनेटबाट पारित गरिएको थियो । सङ्कल्प प्रस्ताव शुक्रबार सिनेटमा लगिएको थियो ।

जसलाई प्रतिपक्षी दल र विभिन्न संगठनहरुले समेतले समर्थन गरेको हो । प्रस्ताब पारितपछि संवैधानिक ब्यवस्था बमोजिम सदनमा लाम्बर्टले शपथ ग्रहण गर्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको