September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

बङ्लादेशको एक कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु

ढाका, बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ । प्रहरीले घटनास्थलमा अन्य पनि परेको हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी नै रहेको पनि जानकारी दिएको छ ।

मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ । सुरक्षित मानिएको बङ्लादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ ।

सो घटना भने रुपगञ्जमा रहेको हाशेम फुड एण्ड बेभरेज कारखानामा भएको हो । घटनास्थल ढाका सहरभन्दा बाहिर औद्योगित क्षेत्रमा पर्दछ ।

घटनाका बारेमा सूचना प्राप्त हुने वित्तिकै प्रहरी गएको र सुरुमा तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको थियो । यो सामाग्री तयार पार्दासम्म ५२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको