September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

हाइटीका राष्ट्रपति हत्यामा संलग्न दुई अमेरिकीसहित १७ जना पक्राउ, ८ जना फरार

हाइटी, हाइटीका राष्ट्रपतिको हत्यामा संलग्न रहेको आरोपमा दुई जना अमेरिकीसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत् बुधबार हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई पोर्ट औ प्रिन्सस्थित आफ्नै निवासमा अज्ञात समुहले गोली हानेर हत्या गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपतिको हत्यामा २८ जनाको संलग्न रहेकोमा दुई जना हाइटीका र २६ जना कोलम्बियाका हुन् ।

हत्यापछि आठ जना फरार भएका छन् भने तीन जना प्रहरीसँगको दोहोरो मुठभेडमा मारिएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको