September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

अमेरिकाले अब अफगानिस्तानमा आफ्ना सैनिक नपठाउने

वासिङ्टन, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अब अफगानिस्तानमा युद्ध गर्न आफ्ना सैनिक नपठाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार आउँदो अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता हुने घोषणासमेत बाइडेनले गरेका छन् ।

सन् २००१ मा अमेरिकाले आफ्नो सेना अफगानिस्तानमा पठाएको थियो भने अफगानिस्तानमा २० वर्षदेखि अमेरिकी सैनिक तैनाथ छन् ।

बाइडेनले अब आफ्नो देश कसरी चलाउने भन्ने निर्णय अफगानिस्तान सरकारले गर्नुपर्ने बताएका छन् । अफगानिस्तानमा रहेका ९० प्रतिशत अमेरिकी सैनिक यसअघि नै स्वदेश फर्किसकेका छन् ।

बाँकी १० प्रतिशत सैनिक पनि आउदो अगस्ट ३१ सम्ममा स्वदेश फर्किसक्ने घाषणा बाइडेनले गरेका छन् । अमेरिकी सैनिक फर्किन थालेसँगै त्यहाँ विद्रोही समूह तालिबानले आफ्नो पक्कड बढाउँदै लगेको छ ।

तालिबानले अफगानिस्तानको झन्डै एक तिहाई भूभागलाई आफ्नो नियन्त्रणमा लिएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको