September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

दक्षिण कोरियामा शुरु भयो कोरोनाको चौथो लहर, भेटिए हालसम्मकै धेरै सङ्क्रमित

सौल, दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । गत २४ घण्टामा कोरोना सङ्क्रमितरु एकै दिनमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले कोभिडको चौथो वेभ(लहर) शुरु भएको बताएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घन्टामा एक हजार २७५ जना संक्रमित भेटिएका छन् । योसँगै दक्षिण कोरियामा कोरोना संङ्क्रमितको संख्या एक लाख ६४ हजार २८ जना पुगेको छ ।

पछिल्ला केही हप्तादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ भने बुधबार १ हजार २१२ जना सङ्क्रमित भेटिएको थियो ।

बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको