September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाद्वारा आत्मसमर्पण

अफ्रिका, दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।अदालतले उनलाई अदालतको मानहानी गरेको अभियोगमा १५ महिने जेल सजाय तोकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रहरीले पक्राउ गर्न लागेको खवर पाएपछि उनले आत्मसमर्पण गरेको जनाइएको छ । स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको बताइएको छ ।

उनलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै उनले आत्मसमर्पण गरेका हुन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको