September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परि थप ६९ तालिबानीको मृत्यु

काबुल, अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जना तालिबानीको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुमाथि गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन ।

सरकारी अधिकारीहरुका अनुसार मारिएका सबै तालिबान लडाकू हुन भने सुरक्षा कारबाहीका क्रममा अरु २३ जना घाइतेसमेत भएको छ ।

सुरक्षा कारबाहीपछि सरकारी सुरक्षाकर्मीहरुले क्वाला ए नाव सहर आफ्नो नियन्त्रणमा लिइएको दाबीसमेत गरेका छन् । यसअघि सो सहर तालिबान लडाकूहरुले नियन्त्रणमा लिएको घोषणा गरेका थिए ।

रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ, “क्वाला ए नाव सहरलाई सुरक्षाकर्मीहरुले बुधबार आफ्नो नियन्त्रणमा लिएका छन, त्यसअघि सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुविरुद्ध सुरक्षा कारबाही चलाएका थिए ।” एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको