September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख नाघ्यो

काठमाडौं, विश्वव्यापी महामारी कोभिड-१९ को प्रभाव ब्राजिलमा पनि निकै परेको छ । ब्राजिलमा हालसम्म १ करोड ८९ लाख ९ हजार ३७ संक्रमित भएका छन् ।

संक्रमित मध्ये १ करोड ७३ लाख ५२ हजार ६७० जना संक्रमण निको भएको वल्डोमिटरले जनाएको छ ।यस्तै अहिलेसम्म ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ६११ पुगेको छ ।

हाल १ लाख २७ हजार ७५६ जना संक्रमितको उपचार भैरहेको छ भने ८ हजार ३१८ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको जनाएको छ ।

यसैबीच हालसम्म विश्वभरमा कोरोना संक्रमणबाट ४० लाख बढीको मृत्यु भएको छ भने अमेरिकामा मात्रै ६ लाख २१ हजार ८ सय ७३ जनाको मृत्यु भएको छ ।

विश्वभर १ करोड १७ लाख ३५ हजार ६०७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । त्यसमध्ये पनि ७७ हजार ६६५ जनाको गम्भिर अवस्थामा उपचार भैहरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको