September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

विश्वभर प्रभाव बढाउँदै चीन

काठमाडौं, चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिनमार्फत् विश्वभर प्रभाव बढाउने रणनीति बनाएको छ । चीनले सामरिक महत्वका देशहरुमा भ्याक्सिन अनुदान र विक्री दुवै गरेको छ । यसबाहेक कतिपय देशहरुमा भ्याक्सिन उत्पादन स्थानीय तहमै गर्न थालेको छ ।

चीनले अफ्रिकामा स्थानीय तहमै भ्याक्सिन उत्पादन गर्ने तयारी गरेको छ । चिनियाँ भ्याक्सिन उत्पादक दुई कम्पनीले इजिप्ट र मोरक्कोमा पनि उत्पादन गर्न लागेका छन् । सिनोफामले मङ्गलबार मोरक्कोसँग मासिक ५० लाख डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादनको सम्झौता गरेको सूचना जारी गरेको छ । भ्याक्सिन मोरक्कोमा र अफ्रिकाका अन्य देशमा खपत गर्ने उद्देश्य राखिएको छ ।

इजिप्टले चीनको सिनोभ्याकले विकास गरेको भ्याक्सिन उत्पादन सुरु गरेको छ । सोमबार इजिप्टले १० लाख डोज भ्याक्सिन उत्पादन गरेको जनाएको छ । भयाक्सिनका लागि आवश्यक कच्चा पद्धार्थ पर्याप्त मात्रामा प्राप्त भए उत्पादन दोब्बर हुने इजिप्टका प्रधानमन्त्री मोस्टाफा माडबुलीले भनेका छन् ।

अफ्रिकाको दक्षिण अफ्रिका र जाम्बियामा पनि चिनियाँ भ्याक्सिन उत्पादनको तयारी बढाइएको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले युरोपेली देशहरुले फुस्रो आश्वासन मात्र दिएर अफ्रिकी देशहरुलाई निराश बनाएको उल्लेख गरेको छ 

शीर्ष समाचार

धेरै पढिएको