September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

२९ यात्रु लिएर उडेको रूसी विमान दुर्घटनाग्रस्त

मस्को, मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको जानकारी गराएको छ ।

रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलबार अपरान्ह रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।

विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको