September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

नेपालसहित पाँच देशका पर्यटकमाथि लगाएको प्रतिबन्ध हटाउँदै जर्मनी

जर्मनी, विश्वव्यापी महामारी कोभिड-१९ का कारण जर्मनीले बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारबाट हटाउने भएको छ ।

खोप प्राप्त गरेका मानिसहरू जर्मनी पुगेपछि क्वारेन्टाइनमा बस्नु नपर्ने बताइएको छ । खोप नलगाएका मानिसहरूले भने १० दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

हालसम्म यी पाँच देशहरूलाई डेल्टा भेरिअन्ट र डेल्टा प्लस भेरिअन्ट फैलिएका कारण ‘भाइरस भेरिअन्ट एरियाज’का रूपमा वर्गीकरण गरिएको थियो । सो भेरिअन्ट सुरुमा भारतमा पहिचान भएको हो ।

यसअघि जर्मनीका नागरिक र बासिन्दाहरूमाथि प्रतिबन्ध लागु नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको