
पछिल्लो समय चीनन र अमेरिकाबीचकाे सम्बन्ध चिसिदै गएकाे छ । फलस्वरूप एक आपसमा मुनमुटाप हुने खालका कामहरु भैरहेकाे छ । कहिले व्यापार युद्ध चल्छ कहिले आराेप प्रत्याराेप , अमेरिकामा काेराेना संक्रमित बढ्दै गए देखिनै डाेनाल ट्रम्पले विभिन्न आराेप लगाउदै आइरहेकाे थियाे ।चीनको छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास सोमबार बिहान औपचारिक रुपमा बन्द गरिएको छ । अमेरिका र चीनबीच बिग्रँदो सम्बन्धको असर दुवै देशभित्रका कूटनीतिक नियोगको कार्यालयमा कटौती गर्ने स्थितिसम्म पुगेको छ ।
चीननियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार भवनमाथि फहराइरहेको अमेरिकी झण्डा हटाइएको छ । वाणिज्यदूत बाहिर निस्किन लाग्दा दूतावास अगाडि जमा भएर दर्शकलाई पछाडि धकेल्दै प्रहरीले मार्ग प्रशस्त गरेका थिए । बेइजिङले गत शुक्रबार छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो । अमेरिकाको टेक्सस राज्यको हयुस्टनस्थित चिनियाँ दूतावास बन्द गर्न अमेरिकाले आदेश गरेको केही दिन नबित्दै बेइजिङगले यस प्रकारको आदेश गरेको हो । चीन सरकारले समेत अमेरिकालाई ७२ घण्टाभित्र दूतावास बन्द गर्न समयसीमा निर्धारण गरेको थियो ।
समयसीमा समाप्त भइरहँदा चिनियाँ विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी बिहान दश बजेबाट दूतावास बन्द गरिएको उल्लेख गरेको छ । साताको अन्त्यमा करिब एक करोड ६५ लाख जनसङ्ख्या रहेको छङदु शहरका हजारौँ बासिन्दाले बन्द हुन लागेको दूतावास अगाडि सेल्फी लिएका थिए ।






