September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता

जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन् । गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् ।

देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक वर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे । घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरूले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ ।

प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् । सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको