अफगानिस्तानमा एक तिहाइ जिल्ला तालिबानको नियन्त्रणमा, सुरक्षाकर्मी नै भागेर पुगे ताजिकिस्तान

काबुल, अफगानिस्तानमा तालिबानी लडाकुहरूले मुलुकका झन्डै ४ सयमध्ये एक तिहाइ जिल्ला नियन्त्रणमा लिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तरी अफगानिस्तानमा तालिवान लडाकुहरूले धेरै क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन् ।
उत्तरी प्रान्त बादखसानबाट झन्डै तीन सय अफगान सुरक्षाकर्मी भागेर आफ्नो सीमाभित्र आइपुगेको ताजिकिस्तानले जनाएको छ । शनिबार साँझ साढे ६ बजेतिर अफगानी सुरक्षाकर्मीले सीमा पार गरेका थिए ।
भागेर आएका सुरक्षाकर्मीलाई मानवीयता र असल छिमेकीका नाताले शरण दिएको ताजिकिस्तानको जनाएको छ । २० वर्षदेखि अफगानिस्तानमा सेना पठाएको अमेरिकाले पछिल्लो समय आफ्ना सैनिकहरू फिर्ता लिइरहेको छ ।
यही वर्ष सबै सैनिक फिर्ता लिने तयारी गरिरहेको अमेरिकाले गत शनिबार बागराम एयरबेस अफगानिस्तानलाई हस्तान्तरण गरेको थियो। अमेरिका र नाटो मुलुकका सेना फर्किएपछि तालिवानहरूले विभिन्न जिल्लामा धावा बोलेका हुन् ।एजेन्सी
प्रतिकृया दिनुहोस्