March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

फिलिपिन्समा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो, ४९ जना घाइते

काठमाडौं, आइतबार फिलिपिन्समा भएको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । उक्त दुर्घटनामा ४९ सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

आइतबार सुलु प्रान्तको जोलो द्वीपमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो । सो दुर्घटनामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक रहेका छन् । लकहिड सी-१३० विमानमा ९६ जना यात्रु सवार थिए ।

फिलिपिन्सको रक्षा मन्त्रालयका अनुसार जमिनमा रहेका ३ जना सर्वसाधारणको पनि दुर्घटनामा मृत्यु भएको छ ।

चरमपन्थी अबु सैय्यफमाथि कारबाहीका लागि उक्त सैन्य विमानमा सैनिक पठाइएको थियो भने सुरुमा ५ जना हराइरहेको बताइए पनि उनीहरूको उद्धार भएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको