September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

तालिबान समूहद्वारा कन्दहार जिल्ला नियन्त्रणमा

काबुल, अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । 

अमेरिकी सेनाले यहीँ जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तिब्र बनाएको छ । 

कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन् । गत मे महिनाबाट नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरुलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन् ।

काबुल नजिकैको बघराम हवाई मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुई दिनभित्रै कन्दहार प्रान्तको दक्षिणी पन्जवाई जिल्लालाई तालिबानीहरुले नियन्त्रणमा लिएका छन् ।

बघराम हवाई मैदानबाट अमेरिकी सेनाले तालिबान र अल–कायदा विरुद्ध दुई दशक हवाई आक्रमण गर्ने गरेको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको