यूएई, इथियोपिया र भियतनामका नागरिकलाई साउदी अरब प्रवेशमा रोक

रियाद, विश्वव्यापी महामारी कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै साउदी अरबले छिमेकी मुलुकहरू संयुक्त अरब इमिरेट्स (यूएई), इथियोपिया र भियतनामका नागरिकहरूको प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।
स्थानीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकहरुलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्र उक्त देशहरूमा भ्रमण गन पाउने बताइएको छ । यस्तै यी नयाँ प्रतिबन्धहरू भने आइतवार रातिदेखि लागू हुनेछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मार्च ११, २०२० मा कोभिड–१९को महामारीको घोषणा गरेको थियो । त्यसपछि विश्वका धेरै देशले कोभिड–१९ नियन्त्रणका लागि भन्दै स्वदेशी तथा विदेशी आवागमनलाई कडा पारेका छन् ।
अहिलेसम्म विश्वभरिका १८ करोड ३० लाख १० हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको जोन्स हकिन्स विश्वविद्यालयले पुष्टि गरेको छ ।
यस क्रममा साउदी अरबमा अहिलेसम्म चार लाख ९० हजारभन्दा बढी मानिस कोभिड सङ्क्रमित भएका छन् भने सात हजार ८०० भन्दा बढीको कोभिड सङ्क्रमणपछि मृत्यु भएको छ ।
यूएईको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो ।
यसैगरी उक्त प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्