September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

जापानमा ३५ हजारभन्दा बढी पहिरो प्रभावितलाई सुरक्षित स्थलमा सर्न आग्रह

टोकियो, जापानको मध्य क्षेत्र शिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिसहरू पहिरोको जोखिममा रहेको भन्दै सुरक्षित स्थलमा सर्न आग्रह गरेको छ । प्रशासनले शनिबार उनीहरूलाई सर्न अनुरोध गरेको हो ।

जापानी सञ्चारमाध्यमका अनुसार पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो आउने खतरा रहेको उल्लेख गरेको छ ।

जापानको मध्य क्षेत्रमा अवस्थित आतमी सहरमा हालै परेको भारी बर्षापछि गएको पहिरोले कम्तीमा १० घर पुरेको थियो भने उक्त पहिरोमा परी कम्तीमा २० जना वेपत्ता भएको छ ।

यस्तै सिजुओकाका अधिकारीले आतमी र वरपरका क्षेत्रमा उच्च खतरा रहेको बताएका जापानी सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको